सुनसरीका तीन निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता कायम

सुनसरी | मंसिर ६, २०७९

सुनसरीका तीन निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता कायम

काठमाडौं:    सुनसरीका तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले ९७३ मतसहित सुरुवाती अग्रता कायम गरेकी छिन् ।


उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राई ९५१ मतसहित दोस्रो स्थानमा छन् । एमालेबाट बागी उम्मेदवार बनेका मनोजकुमार मेयाङ्गो ९१० मतसहित तेस्रो स्थानमा रहँदा एमाले गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई चौथो स्थानमा छन् ।


सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बा ७४६ मतसहित पाँचौं स्थानमा पुगेका छन् ।


सुनसरी क्षेत्र नम्बर २ मा रास्वपाकै लालविक्रम थापा ८९४ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका सिताराम महतो ७०५ मतसहित दोस्रो स्थानमा छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।


तेस्रो स्थानमा रहेका नेकपा एमालेका भीमप्रसाद आचार्य ६२६ मतसहित तेस्रो स्थानमा छन् ।


त्यस्तै, सुनसरी ३ मा कमलबाबु मैनाली ८२९ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेकी भगवती चौधरी ७३४ मतसहित दोस्रो स्थानमा रहँदा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विजय कुमार गच्छदार ५३६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।


सुनसरी ४ मा भने रास्वपाका जीवनकुमार श्रेष्ठ ५५३ मतसहित तेस्रो स्थानमा छन् । त्यहाँ नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १ हजार ७९८ मतसहित अग्रता कायम गर्दा नेकपा एमालेका जगदिश प्रसाद कुसियैत १ हजार ६९२ मतसहित दोस्रो स्थानमा छन् ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्